काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर विरोध जनाएका छन् ।
सभामुख देवराज घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए। त्सपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
गत आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक०मा छलफल गर्नुपर्ने भएकाले अहिलेलाई शून्य समयको मात्र व्यवस्था गरिएको भन्दै सभामुख घिमिरेले बैठक चल्न सहयोग गर्न आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया