दमौली । तनहुँमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता कायम राखेका छन् । पछिल्लो गणनाअनुसार वाग्लेले १० हजार २५९ मतसहित अग्रता कायम राखेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले पाँच हजार तीन मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार सवेन्द्र खनाल दुई हजार ७९७ मतसहित तेस्रो स्थानमै छन् । तनहुँ–१ मा आइतबार भएको मतदानमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया