काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग लगाउन सक्ने आरोप लगाएका छन् ।
बिहीबार पार्टीनिकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसअघि राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन खोजेको र अहिले सभामुखलाई पनि महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका हुन् ।
उनले गठबन्धनलाई लाजसरम केही नभएको बताए । उनले भने, ‘यसअघिको राष्ट्रपतिलाई महाभियोग लगाउन खोजेका थिए तर पार लागेन । अहिलेको सभामुखलाई कुन दिन यिनीहरूले महाभियोग ल्याउन बेर लगाउँदैनन् । यिनीहरूसँग त बहुमत पनि छ ।’
उनले सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको पनि बताए । अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन अस्थायी भएको बताए । उनले यस्ता गठबन्धन अस्थायी हुने भन्दै यो गठबन्धनलाई देश बिगार्न नदिइने बताए ।

प्रतिक्रिया