पार्टीलाई धमिलो बनाउने काम गर्ने छुट छैनः अध्यक्ष ओली



गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशको विकास र लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेका छन् । एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत सोमबार एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको बृहत् प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पार्टीमाथि चौतर्फी आक्रमण भएको दाबी गरे

पार्टी र सङ्गठनलाई दरिलो बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कार्यकर्तालाई निरन्तर पार्टीको काममा खटिन निर्देशन दिए । उनले भने, “पार्टी निरन्तर चलायमान हुनुपर्छ, गलिशील बनाउनुपर्छ ।” एमाले पार्टीमा बिर्सेर पनि गैरएमाले प्रवृत्ति गर्ने र पार्टीलाई धमिलो बनाउने काम गर्न छुट नभएको अध्यक्ष ओलीले स्पष्ट पारे ।

कार्यक्रमा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट लगायतका केन्द्रीय नेताहरूले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पूरा गर्न पनि एमाले राष्ट्रिय शक्ति बन्न आवश्यक रहेको औँल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।