पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छः महासचिव गुरुङ



कास्की । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन् ।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भइसकेकाले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिन अप्ठ्यारो भएकाले आगामी चैत ५ गतेपछि मात्र प्रक्रिया सुरु हुने उनले बताए ।

पोखरामा शुक्रबार प्रदेशसभा सदस्यको अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रिय स्वाधिनता र देशमा अर्थतन्त्रमा देखिएको सङ्कटलगायतका समस्या समाधान गर्न न्यूनतम सहकार्य अनिवार्य रहेको उल्लेख गरे ।

उनले भने, “देशमा विद्यमान समस्या समाधान गर्न दलबीच सहकार्य हुनुपर्दछ । अहिले सबै दललाई जुटाउन प्रयास गरेपनि जुट्न सकेन, एमाले र राप्रपा सहमत नहुँदा सरकारबाट बाहिरिएका छन् । यस अवस्थामा आठ दल बसेर सहकार्य गर्दै अघि बढ्ने सैद्धान्तिक सहमति भएको छ ।”

महासचिव गुरुङले आगामी राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनपर्यन्त सुरुवातदेखि अहिलेसम्म लोकतन्त्रको रक्षा र मुलुकको परिर्वतनका लागि लागि परेको उल्लेख गरे ।

फागुन २५ गतेको निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित रहेको गुरुङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न

जलवायु परिवर्तनका समस्या समाधानका लागि मिलेर काम गर्न बेलायती राजकुमारलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनी श्रीमती डचेस सोफी

नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क