सबैको सबैसँग छलफल भइरहेको छ, सहमति भएको छैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति उम्मेदवारकाबारेमा सहमति जुटिनसकेको बताएका छन् ।

बिहीबार एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको छलफलपछि प्रधानमन्त्रीले छलफल चलिरहेको बताएका हुन् ।

उनले भने, ‘छलफल चलिरहेको छ । फाइनल भइसकेको छैन ।’ उनले यसबारेमा शुक्रबार फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेससँग पनि छलफल गर्ने बताए ।

चुनाव अघिको पाँच दलीय गठबन्धन ब्यूँताउने विषयमा पनि छलफल भएको हो ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, ’सबैको सबैसँग छलफल भइरहेको छ ।’

बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिलगायतका उम्मेदवारका सम्बन्धमा छलफल भएको तर कुनै निर्णय नभएको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सहमति जुटिनसकेको बताए । उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायतका विषयहरूमा छलफल भयो । छलफल निरन्तर जारी छ ।’

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दलहरुबीचको छलफल तीव्र बनेको छ । बुधबार साँझ कांग्रेससँग छलफल गरेका प्रधानमन्त्रीले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए । छुट्टाछुट्टै भेटपछि माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेशका पक्षमा सत्तापक्ष एकभएर उभिने, कुनै बेमेल नभएको जिकिर

काठमाडौं। सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने

अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन बुझाएपछि मात्र निर्णय हुन्छः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अध्यादेशको बारेमा पार्टीको औपचारिक निर्णय भइनसकेको बताएको

राप्रपाको भ्रातृ संगठन प्रजातान्त्रिक युवा संगठनको महाधिवेशन चैतमा हुने

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको महाधिवेशन

चियाको भारत निर्यातमा देखिएका समस्या समाधानका लागि पहल गर्छुः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई