राष्ट्रपतिसँग भारतीय विदेशसचिव क्वात्राको भेट


काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आएका विदेश सचिव क्वात्रा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुगेका थिए ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भेमा सचिव क्वात्राले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुको तर्फबाट शुभकामना सन्देश सुनाएका थिए ।

त्यसअघि विदेशसचिव क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट गरेकाथिए । त्यस्तै परराष्ट्र सचिवस्तरीय बैठकमा समेत उनी सहभागी थिए । .