नवनिर्वाचित राष्ट्रियसभा सांसद कसौदीले लिए सपथ


काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य कुमार दसौंदीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय भवनमा शुक्रबार आयोजित कार्यक्रममा सांसद दसौंदीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

दसौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका हुन्।