राप्रपाको निर्देशन समिति विस्तार



काठमाडौं । राप्रपा निर्देशन समितिका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले निर्देशन समिति विस्तार गरेका छन् । निर्देशन समितिका अध्यक्ष लोहनीले बुधबार समितिमा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र,उपाध्यक्ष बुद्दिमान तामाङ, उपाध्यक्ष एवं सहरी विकासमन्त्री विक्रम पाण्डे, उपाध्यक्ष एवं कानुनमन्त्री ध्रुबबहादुर प्रधान, उपाध्यक्ष रोशन कार्की, उपाध्यक्ष हेमजंग गरुुङ, उपाध्यक्ष मुकुन्द श्याम गिरी, त्यसैगरी महामन्त्री धवल शमशेर राणा, महामन्त्री एवं वाग्मती प्रदेश सभामुख भुवन पाठक, महामन्त्री कुन्ती कुमारी शाही, महामन्त्री राजेन्द्र गुरुङ, महामन्त्री प्रल्हाद साह, महामन्त्री शरदराज पाठक, वरिष्ठ नेता दीपक वोहरा, जयन्त चन्द, निरन्जन थापा,उद्धव पौडेल र रामकुमार सुब्बालाई समितिमा मनोनयन गरेका छन् । आमन्त्रित सदस्यमा कोषाध्यक्ष निलकण्ठ काफ्ले र ऋषिवावु परियारलाई मनोनयन गरेका छन् । राप्रपा विधानको धारा ४१ अनुसार उनले यो समिति विस्तार गरेका हुन् ।

समितिमा विधानतः पार्टीका अध्यक्ष तथा पूर्वअध्यक्ष र पार्टीबाट चुनिएका प्रधानमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । जसअनुसार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र अध्यक्ष राजेन्द्र लिङदेन पदेन सदस्य रहनेछन् । निर्देशन समितिले नीति निर्माण गर्ने,सरकारमा सहभागिता वा राजनीतिक नियुक्तिको लागि सिफारिस सहित निर्णय गर्ने उल्लेख छ । योसंगै राप्रपाको अब सरकार सम्वन्धि महत्वपूर्ण विषयहरुमा अन्तिम निर्णय गर्ने अधिकार निर्देशन समितिमा रहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा