नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी छः सभामुख



काठमाडौं ।सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने बताएका छन् । जनप्रतिनिधिले जनतासमक्ष गरेको बाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न नँले सांसदलाई अनुरोध गरे ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखिकरण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै सभामुख घिमिरेले संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउन सांसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

उनले भने, “संसदीय व्यवस्था र प्रणालीको गरिमा बढाउन र संसद्को भूमिकालाई जनउत्तरदायी बनाउन विज्ञ सरोकारवालाबाट प्रस्तुत हुने ज्ञान, सीप र अनुभवले संसदीय भूमिकालाई थप सिर्जनशील बनाउन मद्दत पुग्नेछ ।”

उनले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे ।

“संसद्को सर्वोच्च निकाय संसद्प्रति देशले आशा गरेको छ । संसद्को आफ्नै प्रक्रिया र अभ्यास छ । विषयगत र जनउत्तरदायी भएर संसदीय काम कारबाहीलाई जनताप्रति जवाफदेही र पारदर्शी ढङ्गले अघि बढाउन दुई दिने अभिमुखिकरणले मद्दत पुग्ने विश्वास लिएको छु”, उनले भने ।

उनले संसदमा प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढङ्गबाट अभिव्यक्ति गर्ने, त्यसलाई व्यवहारमा उतार्नका लागि भूमिका खेल्न आग्रह पनि गरे । संसद्लाई प्रभावकारी बनाउने भूमिका सरकारको रहेको उल्लेख गर्दै सरकारका ऐन, कानुन बनाउने, देशको बजेट निर्माणलगायतका काम गर्दै प्रतिपक्षी दललाई पनि समन्वय गरेर लैजान सरकारको पनि जवाफदेहिता जरुरी भएको बताए ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले संसदीय प्रक्रिया र अभ्यासको व्यवहारिक कार्यान्वयन गर्दै संसदीय गरिमा कायम गर्न सबैको सक्रिय भूमिका चाहिने औँल्याए ।

उनले संसदीय अभ्यासमा आफ्नो पहिलो उपस्थिति रहेको भन्दै संसदीय प्रक्रिया र अभ्यासको विद्यार्थीका रुपमा रहेर जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे । “संसदीय प्रक्रिया र अभ्यासमा मेरो पहिलो उपस्थिति हो । संवैधानिक अभ्यास अवलम्बनको अहिलेसम्म आइपुग्दा ठूलो उपलब्धि हो”, उनले भने ।

उपसभामुख इन्दिरा रानाले संसद्को गरिमालाई उँचो बनाउन सांसदहरुको प्रभावकारी भूमिका हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “म आफू पनि संसदीय अभ्यास सिक्ने क्रममा छु, शब्द चयन, विषयवस्तुमाथि विचार र अभिव्यक्ति व्यक्त गर्दा सचेत हुनुपर्छ ।”

उपसभामुख रानाले संसदमा उपसभामुखको भूमिका प्रभावकारी बनाउनुपर्ने बताइन् । “म उपसभामुख भएर देशका विभिन्न स्थानमा सरोकारवालासँग कुराकानी गर्दौ उपसभामुख ‘चुप’ मात्र रहेको भन्ने गुनासो पाएको छु, ‘उप–चुप’ होइन ‘उप उपर जाने’ हो भन्दै आएकी छु ।” जनप्रतिनिधिले जनताको चाहना अनुरुप संसदीय प्रक्रिया र प्रणालीमार्फत् जनउत्तरदायी बन्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका