योग र ध्यान विज्ञान हो, नेपालको गौरव हो : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र ध्यान विज्ञान भएको बताएका छन् । आइतबार बिहान राष्ट्रिय योग दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले योग र ध्यान विज्ञान भएको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘योग र ध्यान पूर्वीय दर्शन र सभ्यताको आधारशिला मानिन्छ । नेपाल त्यसको धरोहर हो भन्न पाउँदा हामीलाई गौरवको अनुभूति हुन्छ। हाम्रा सांस्कृतिक धरोहरमा पनि योगमा आधारित विशेषता पाइन्छन्। नेपालमा योग र ध्यानको परम्परा धेरै पूरानो छ। योग र ध्यान विज्ञानमा आधारित छ। त्यसबाट पनि यसको महत्व थप प्रष्ट हुन्छ।’

‘‘पूर्वीय सभ्यताको रुपमा रहेको योगलाई जीवनविज्ञान र जीवन शैलीको रुपमा निरन्तरता दिन प्रत्येक वर्षको मकर संक्रान्तिलाई नेपालको राष्ट्रिय योग दिवसको रुपमा मनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट २०७२ साल मा निर्णय भएअनुसार प्रत्येक वर्ष हामीले यो दिवस विभिन्न नाराहरूका साथ मनाउँदै आएका छौँ’ प्रधानमन्त्रीले भने ।