विराटनगर । प्रदेश एकको प्रदेश सभाको उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्। उनी ५७ मत ल्याएर निर्वाचित भएकी हुन्।
नेकपा एकीकृत समाजवादीको समर्थन पाएकी कांग्रेसकी लीलाकुमारी राईले ३३ मत ल्याइन्। दनुवार र राई दुवै उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ का हुन्।
प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन्।

प्रतिक्रिया