स्वतन्त्र चुनाव जितेका प्रदेश सांसद पुन फेरि माओवादीमै फिर्ता



काठमाडौं । रोल्पा क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट खादा लगाएर पुनः पार्टीमा सक्रिय हुने बताएका हुन् । लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका पुनले माओवादी केन्द्रमै रहेर काम गर्ने व्यहोराको पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा उनी भारी मतान्तरले प्रदेशसभा सदस्यमा विजयी भएका थिए । त्यतिबेला उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उमेदवार बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने

बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न कठिन छः पूर्वअर्थमन्त्री महत

  काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक

लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताका चाहनालाई सम्बोधन गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले

धार्मिक पर्यटन प्रवर्द्धनमा पर्यटनमन्त्री पाण्डेको जोड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका कतिपय धार्मिकस्थल चीन