जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । उनी १८ मत पाएर विजयी भएका हुन् । अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाएका छन् ।
कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन् । सहमतिबाट नभएपछि दलको नेता छान्न बिहीबार जनकपुरधामस्थित पार्टी कार्यालयमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया