विराटनगर । प्रदेश एकको नेकपा एमाले संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई चयन गरिएको छ ।
एमाले नवनिर्वाचित प्रदेशसभा सदस्यको आइतबार प्रदेशसभा सचिवालयमा भएको भेलामा तिलकुमार मेन्याङ्बो प्रस्तावक र रेवतीरमण भण्डारीको समर्थनमा स्थायी कमिटी सदस्य कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
नेता कार्की झापा क्षेत्र नम्बर ५(क)बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो । नेता कार्की पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

प्रतिक्रिया