काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिनै लाग्दा सत्ता गठबन्धन दलका नेताहरूले आपसी भेटघाटलाई तीव्र बनाएका छन् ।
यसैक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच खुमलटारमा भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न कांग्रेस नेता पौडेल खुलटार पुगेका थिए ।
भेटका क्रममा पौडेलले प्रचण्डलाई सत्ता गठबन्धन नछोड्न आग्रह गरेको बताइएको छ । तर प्रचण्डले प्रधानमन्त्रीको अडानबाट पछि नहट्ने बताएका थिए । सुरूमा प्रधानमन्त्री बन्न नपाए गठबन्धन छाडेर एमालेसँग मिलेर जाने संकेत प्रचण्डले गरेका छन् ।
पहिले को प्रधानमन्त्री बन्ने भनेर देउवा र प्रचण्डबीचमै समझदारी हुनुपर्ने पौडेलले बताएका छन् । प्रचण्डलाई भेटेलगत्तै पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेका छन् ।
आइतबार बेलुकी ५ बजेसम्म दलहरूले बहुमत जुटाएर प्रधानमन्त्रीका लागि नाम सिफारिस गरिसक्नुपर्छ ।

प्रतिक्रिया