काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बुधबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर देउवा र दाहालले नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया