चुनावी परिणाम राम्रो नआएको भन्दै माओवादीका लुम्बिनी अध्यक्षद्वारा राजीनामा



बुटवल । निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्षले राजीनामा दिएका छन् । गत महाधिवेशनका क्रममा लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित सुदर्शन बरालले हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् ।

बराल आफैँ पनि २०७४ मा विजय हासिल गरेको गुल्मी–१ ‘क’ मा एमाले उम्मेदवार दिनेश पन्थीसँग पराजित भएका छन् । सत्ता गठबन्धनका बाबजुद माओवादी केन्द्रले लुम्बिनीमा अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन।

दाङ– ३ मा रेखा शर्मा, रोल्पामा वर्षमान पुन र रुकुमपूर्वमा पूर्णबहादुर घर्तीबाहेक यो प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका अन्य उम्मेदवारले विजय हासिल गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार