गाेरखा-१ मा राजेन्द्रकाे शानदार जित


गोरखा । गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै दोब्बर मत ल्याएर निर्वाचित भएका छन् । बजगाईं ३३,४२८ मत ल्याएर विजयी भएका हुन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले १६,७८५ मत पाएका छन्। उनीहरूबीच १६,६४३ को मतान्तर छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४,८९२ मत ल्याएका छन्।