मकवानपुर २ (२) कांग्रेसका इन्द्र बानियाँ विजयी


हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् ।

उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरे । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पारेका हुन् ।