जाजरकोटमा माओवादीका बस्नेत अगाडि


जाजरकोट । मतगणना जारी रहेको जाजरकोटमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेतले ६१२ मत प्राप्त गर्दै सुरुवाती अग्रता बनाएका छन् । सोमबार राति ११ः५५ बजेको परिणामअनुसार उनका प्रतिस्पर्धी नेकपा (एमाले)का निरज आचार्यले २६५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा १ मा नेपाली कांग्रेसका बेदराज सिंहले ७५६ प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा (एमाले)का डम्बरबहादुर सिंहले ४४१ मत प्राप्त गरेका छन् । साथै, प्रदेशसभा २ मा कांग्रेसका राजिवविक्रम शाहले ७२८ मत र प्रतिस्पर्धी एमालेका खिमबहादुर शाहीले ३५९ मत प्राप्त गरेका छन् ।