रौतहट । रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य तर्फको पछिल्लो मतगणनाअनुसार सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् ।
राति सवा नौ बजेसम्म भएको कूल दुई हजार आठ सय २६ मतगणनामध्ये अध्यक्ष नेपालले एक हजार चार सय ७५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले एक हजार दुई सय ३१ मत प्राप्त गरेका छन्।
दुई हजार आठ सय २६ मत गन्दा अन्य उम्मेदवारले ११ मत प्राप्त गरेका छन् भने एक सय १९ मत बदर भएको मतदान अधिकृतको कार्यालयले जनाएको छ । रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न पार्टीका आठ र नौ जना स्वतन्त्रसहित कूल १७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया