सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने एमालेको प्राथमिकता : उपाध्यक्ष पौडेल


बुटवल ।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने काम पार्टीको प्राथमिकतामा रहेको बताएका छन् ।

रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पौडेलले बिहीबार बुटवलमा भएको चुनावी भेलामा बोल्दै सुकुम्वासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्नुपर्ने बताएका हुन् ।

रुपन्देहीमा अव्यवस्थित, भूमिहीन दलित र सुकुम्बासी गरी करिब ७० हजार परिवार रहेका तथ्यांक प्रस्तुत गर्दै पौडेलले भने, ‘विगतमा पनि एमाले सरकारले सुकुम्वासी समस्या समाधानलाई उच्च प्राथमिकता दिएर काम गरेको हो तर लालपुर्जा बाँड्ने अन्तिम समयमा सरकार ढालियो ।

प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठले अहिलेको प्रदेश मन्त्रिपरिषद भद्दा भएको भन्दै आफूले बढीमा ७ सदस्यीय मात्रै बनाउन भूमिका खेल्ने बताए ।