स्वतन्त्र–वैकल्पिक अभियानको घोषणापत्र सार्वजनिक(पूर्णपाठ)


काठमाडौं । स्वतन्त्र–वैकल्पिक एकता अभियान(आईएयूएम) ले आफ्नो घोषणापत्रको मस्यौदा (आई–एयूएम मोडेल) सार्वजनिक गरेको छ ।

उसले अगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदाता र आमजनतालाई मतदानको ठोस र विजयी विकल्प प्रदान गर्न सबै वास्तविक इमान्दार स्वतन्त्र उम्मेदवार र वैकल्पिक राजनीतिक दललाई एकताबद्ध हुनको लागि आह्वान समेत गरेको छ ।

संयुक्त वैकल्पिक शक्तिले सुशासन, राष्ट्रिय एकता र समृद्धिको अधुरो एजेन्डालाई लचिलोपन, दिगोपना र पहुँचवा समावेशिताको दर्शनमा आधारित भएर मात्र पूरा गर्नसक्ने बताएको छ ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक डा रणबहादुर चन्द र पूर्वाधार विज्ञ इञ्जिनीयर डा.शङ्कर ढकालले घोषणापत्र तयार गरी सम्पादन गरेका हुन् ।

घोषणापत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को एसटीआई, विज्ञ डाटाबेस र अन्तरिक्ष मिसन २०५० नीति, महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र (एनआइसी)मा क्राउड फन्डिङमा आधारित रिभर्स इञ्जिनियरिङ र इनोभेसनमार्फत युवा उद्यमशीलताको मिसनलगायत नेपालमा विद्यमान विभिन्न आर एण्ड डी इनोभेसन सेन्टरका विद्यमान नीति तथा योजनाहरु समावेश छन् ।