कपिलवस्तु । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य तथा पूर्व पोलिटव्यूरो सदस्य भानुप्रकाश श्रेष्ठ नेकपा एमाले प्रवेश गरेका छन् ।
तत्कालीन नेकपा मालेको कपिलवस्तुका संस्थापक सचिवसमेत रहेका नेता श्रेष्ठ जनयुद्ध शुरू हुनुपूर्व माओवादी प्रवेश गरेका थिए ।
जनयुद्धबाट मुलुक परिवर्तन हुन्छ भनेर राजनैतिक कमिसारको रूपमा नेतृत्व गरेका नेता श्रेष्ठ अन्ततोगत्वा एमालेमा फर्किएका छन् ।
उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले श्रेष्ठलाई बुटवलमा पार्टी प्रवेश गराएका छन् । सोही कार्यक्रममा माओवादीका प्रदेश कमिटी सल्लाहकार जगत गैरे पनि एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य गिरधारिलाल न्यौपाने, प्रदेश नेता कृष्ण पौडेल, नेतृ बिमला चौधरी नेकपा –एमाले) कपिलवस्तुका अध्यक्ष डम्मर शर्मा लगायत नेताहरू उपस्थित थिए ।

प्रतिक्रिया