कपिलवस्तु । जनता समाजवादी पार्टीका नेता तथा कपिलवस्तुको मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष वजरंगीप्रसाद चौधरी एमाले प्रवेश गरेका छन् ।
उनीसँगै माधुरी अग्रहरी र कपिलवस्तु नगरपालिका वडा नम्बर ११ का ७५ जना नेपाली काँग्रेसका कार्यकर्ता र समर्थक पनि एमाले प्रवेश गरेका हुन् । अग्रहरी गएको स्थानीय तहको निर्वाचनमा पालिकाको उपाध्यक्ष पदमा झिनो मतले पराजित भएका थिए ।
सो अवसरमा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार वलराम अधिकारीले जनतामा एमालेप्रतिको विश्वास बढेको भन्दै अब देशको जिम्मेवारी लिन एमालेले भारी मतले जित्नुपर्ने बताए ।

प्रतिक्रिया