प्रतिनिधिसभाबाट तीनवटा विधेयक स्वीकृत



काठमाडौं । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको शु्क्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई वहुमतले स्वीकृत गरेको हो ।

बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ ।

त्यसैगरी बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ । प्रतिनिधिसभाको आगामी बैठक असोज १ गते शनिबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सय ८३ मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम

चीन नेपालसँग उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य गर्न इच्छुक

  काठमाडौँ ।  चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकामा

सञ्चारमन्त्री गुरूङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव

काठमाडौँ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री

गृहमन्त्री लेखक र भारती राजदूत श्रीवास्तवबीच के विषयमा भयो कुराकानी ?

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट