निर्वाचनमा विश्व चकित पार्ने परिणाम ल्याउनेछौंः अध्यक्ष ओली



पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेले विश्व चकित पार्ने गरी कसैले नसोेचेको परिणाम ल्याउने बताएका छन् ।

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको बहुमत ल्याउन जनतालाई जगाएर निर्वाचनको तुफानी अभियान चलाउने बताए ।

ओलीले भने, ‘मंसिर ४ गतेको निर्वाचन हामीले जित्नैपर्छ । त्यो जित एमालेको लागि तथा लोकतान्त्रिक तमु संघका लागि होइन, देशको विकास, तमाम जनताको हित, लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता र समानताका लागि जित्नुपर्छ । विकास अबरुद्ध गर्ने, सामाजिक सद्भाव भत्काउनेलाई देखाउन यो निर्वाचन एमालेले जित्नपर्छ ।’

आगामी निर्वाचन समान्य र नियमित प्रक्रिया मात्र नभएर लोकतान्त्रिक प्रक्रिया तथा संरचना भत्काउने, संविधान मिच्ने, सामाजिक सद्भाव विथोल्ने, कानुनको उल्लङ्घन गर्ने र राष्ट्रिय हितमा कुठाराघात गर्नेलाई परास्त गर्न केन्द्रित हुनुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले गलत मनसायले बनेको अपवित्र गठबन्धन सरकारले निर्वाचनमा धाँधली र बुथ कब्जा गर्ने रणनीति अपनाएको वताउँदै एमालेजनले मंसिर ४ को निर्वाचनमा एमालेको पक्षमा मतदान गर्नेको सङ्ख्या बढाउनेदेखि मतदाताको सुरक्षा गर्नुपर्नेमा जोड दिए ।

उनले युवा, विद्यार्थी लगायतका जनसंगठन हुँदाहुँदै कसैले बुथ कब्जा गरे हाम्रो कमजोरी हुने हुँदा बुथ कब्जा हुन नदिन निर्देशन दिए । अध्यक्ष ओलीले सरकारले राष्ट्रियता खतरामा पुर्याएको, गठबन्धनले सत्तामा रहेर लुटतन्त्र चलाएको आरोप लगाए ।

उनले भने, ‘यस्तो सरकार, जसले परराष्ट्र सम्बन्ध बिगारेको छ, राष्ट्रियता खतरामा पुर्याएको छ, स्वाधीनता, स्वतन्त्रताको उपयोग गर्ने हिम्मत नै गर्दैन । सत्ता प्राप्ति, सत्ता जोगाउने र लुट मच्चाउनेबाहेक गठबन्धनको कुनै ध्यान छैन । सरकारले कुनै पनि काममा जवाफदेही र जिम्मेवारी देखाउँदैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रिय समस्या हो भनेर मैले २०५६ सालमै भनेको थिएँ, अहिले पनि उनी देशका लागि समस्या हो । यता जाँदा फाइदा छ कि कता जाँदा फाइदा हुन्छ त्यतिमै प्रचण्डको ध्यान छ, विचार, नीति केही छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउँछुः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य

ओली सरकारले गरेका निर्णय अब २४ घण्टासम्म गोप्य रहने

काठमाडौँ । सरकारले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान निर्माण गरिने

  काठमाडौँ  । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको  मन्त्रिपरिषद्को पहिलो बैठकले

व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्छुः उपप्रधानमन्त्री सिंह

  काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक