प्रचण्ड र चिनियाँ नेता लिबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबिच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल लगायत सहभागी थिए ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आइपुगेका हुन्। लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन्।

यस्तै आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता गर्नेछन् । लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ। अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान स्वदेश फर्कनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल

ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र

राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्णः महामन्त्री राणा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले राष्ट्र निर्माण र राष्ट्रियताको

आइतबारका लागि बोलाइको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबारका लागि सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार

लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी