संविधान दिवसका अवसरमा एमालेले काठमाडौंमा पदयात्रा आयोजना गर्ने



काठमाडौं । नेकपा (एमाले)ले आठौं संविधान दिवसका अवसरमा असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा वाकथन (पदयात्रा) आयोजना गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको हो।

उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौं मानिसहरूको सहभागितामा सुरू हुने वाकथनको बसन्तपुर पुगेर बिसर्जन गर्ने कार्यक्रम तय गरिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले वसन्तपुरमा सम्बोधन गरेपछि पदयात्रा अन्त्य हुनेछ । उक्त कार्यक्रमको तयारी गर्न पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा तयारी बैठक बसेको छ।

बैठकमा पार्टीका उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक संघर्षपछि नेपाली जनताले संविधान सभाबाट संविधान पाएको विषयलाई त्यही उचाईंमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यसवर्ष वाकथन आयोजना गर्न लागिएको बताए। उपमहासचिव रिमालले संविधान दिवस राष्ट्रिय दिवस भएकाले यस दिवसमा राष्ट्र उठ्नुपर्ने धारणा राखे।

संविधान दिवसका अवसरमा आयोजित यस कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ ।

आजको तयारी बैठकमा पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कार्यक्रमका बारेमा जानकारी गराएका थिए। बैठकमा पार्टीका सबै विभागका प्रमुख तथा सचिवहरू, सबै जनसंगठनका अध्यक्ष, पदाधिकारी र प्रतिनिधिहरू, सम्पर्क कमिटी र सम्पर्क मञ्चका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  २०७२ साल असोज ३ मा संविधान सभाबाट ‘नेपालको संविधान-२०७२’ जारी भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल

ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र

राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्णः महामन्त्री राणा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले राष्ट्र निर्माण र राष्ट्रियताको

आइतबारका लागि बोलाइको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबारका लागि सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार

लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी