सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै पोखरेलको आपत्ति



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको बताएका हुन् ।

उनले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताए ।

उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साकोबारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।

उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा लुकाएर बुच्चे नक्सा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने ? दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने, आँच पुर्याउने कुरा हो । यसप्रति दुःख व्यक्त गर्नुपर्छ । यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो । मैले केही दिनअघि ठबन्धन सरकारका प्रधानमन्त्रीज्यूको फोटो टाँसेको यसको १०० दिनका कामहरु भनेर उल्लेख गरेको पुस्तिकामा प्रधानमन्त्री कार्यालयबाट प्रकाशित हुन्छ । त्यो चुच्चे नक्सा छैन, चुच्चे नक्सा मेटेर बुच्चे नक्सा बनाइएको छ । यसप्रति खेद व्यक्त गर्ने कि नगर्ने ?’

पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए ।

उनले अहिलेको गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए ।

उनले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गरे ।

उनले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हीत, स्वाभिमान विपरित रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउँछुः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य

ओली सरकारले गरेका निर्णय अब २४ घण्टासम्म गोप्य रहने

काठमाडौँ । सरकारले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान निर्माण गरिने

  काठमाडौँ  । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको  मन्त्रिपरिषद्को पहिलो बैठकले

व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्छुः उपप्रधानमन्त्री सिंह

  काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक