काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्र्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत अध्यक्ष ओलीले भनेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ क्यान्सर रोगबाट पीडित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो ।

प्रतिक्रिया