कम्युनिष्ट पार्टीको बर्को ओढेर काँग्रेस जिताउन आउनेलाई जनताले विश्वास नगर्ने ज्ञवालीको दाबी



नेपालगञ्ज । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । नेकपा एमाले बाँके जिल्ला कमिटीको आयोजनामा खजुरामा आयोजित कार्यकर्ता प्रशिक्षणमा उपाध्यक्ष ज्ञवालीले एमाले निर्वाचनमा पराजित हुँदा राष्ट्रवाद र समाजवाद नै पराजित हुने बताएका हुन् ।

उनले भने, ‘कम्युनिष्ट पार्टीको बर्को ओढेर काँग्रेस जिताउन आउनेहरूलाई जनताले विश्वास गर्ने छैनन् ।’ उनले काँग्रेसलाई नेता मान्नेहरू कम्युनिष्ट हुनै नसक्ने बताए । संसदको पुनस्र्थापना र १० बुँदे सहमतिपछि पनि पार्टी विभाजन हुनु गलत भएको उनको भनाई थियो ।

कार्यक्रममा पार्टीका सचिव तथा लुम्विनी प्रदेश कमिटीका इन्चार्ज छबिलाल विश्वकर्माले कार्यकर्ताको शक्तिको बलमा नेकपा एमाले अहिलेसम्म टिक्न सकेको भन्दै एमाले र यसको नेतृत्वप्रति जन विश्वास कायम रहेको बताए ।

कार्यक्रममा २०७४ सालमा बाँके प्रदेशसभा २(क) बाट तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट विजयी सांसद विजय वहादुर यादव एमालेमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।