संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या नपुग्नु दुःखदः सभामुख



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् ।

उनले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अप्ठ्यारो भइरहेको बताए ।

उनले संसदमा विधेयक पास गर्नका लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरु बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरु जिम्मेवार र गम्भीर हुनुपर्ने बताए ।

उनले भने, ‘कानून शक्तिशाली हुन, न्यायेचित र विवेकशील हुनुपर्छ र मात्र शक्तिशाली हुन्छ । हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नुपर्दैन । हामीभन्दा माथि पनि कानून छ । हामीले संसदलाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ ? कति मिहेनत र परिश्रम गर्यौं, त्यो मूल्यांकनको कुरा छ । हाम्रा सबै कुरा जनताले हेरिरहेका छन् । हामीले कतिपटक घण्टी बजाउनुपरेको छ, विधेयक पास गर्नका लागि, हामीले कतिन्जेल पर्खिनुपरेको छ, मन्त्रीहरु बोलाउनका लागि । हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ ।’

सभामुख सापकोटाले समितिमा दोहोरोपन देखिएको पनि बताए । उनले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दापनि देशको धरातललाई बुझेर निर्णय भएको हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताए ।

उनले अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताए ।

उनले भने, ‘रबर स्ट्याम्पको रुपमा पनि व्यवस्थापिका छन्, क्रियात्मक रुपमा पनि छन् । रुपान्तरित रुपमा पनि छन् । तर हामी चाहन्छौं, उदियमान व्यवस्थापिका । हाम्रो संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनु पर्छ । पहिला जीवन्त भन्ने लाग्थ्यो, सभामुख हुनेबित्तिकै जीवन्त बनाउनुपर्छ भन्ने लाग्थ्यो, जीवन्त त भयो, त्यसले विहंगम छलफल त गर्यो तर त्यो छलफल मात्रै कर्णप्रिय भयो । ध्यानाकर्षण गर्यो तर जनमुखी हुन सकेन भने राम्रो हुँदैन । हामी उदियमान व्यवस्थापिका चाहन्छौँ । खुलापनि धेरै शक्तिशाली छ, त्यसले सबैलाई जिम्मेवारी बनाउँछ । हामीलाई अहिले महशुस भएको छ, विश्वव्यापी रुपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको छ । हामीले विश्व दृष्टिकोण निर्माण गर्नुछ । अरुले बनाएको विश्व दृष्टिकोणबाट हामीले राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट छैन ।’

सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका, स्वीडेन, जर्मनीका समितिहरु धेरै शक्तिशाली रहेको बताए । त्यहाँका समितिहरु कानून निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको बताए । उनले नेपालमा खोज, अनुसन्धान आवश्यक ध्यान नपुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई