काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले सत्तारुढ ठूला दलको अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी गरेका हुन् । उनले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।
अध्यक्ष लिङ्देनले विदेशीसामु प्रमुख दलहरुले अनुशरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको दाबी गरे । अध्यक्ष लिङदेनले सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको आरोप लगाए ।

प्रतिक्रिया