राष्ट्रपतिद्वारा सुवेदीलाई जापानका लागि राजदूत नियुक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा दुर्गाबहादुर सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार विज्ञप्ति जारी गरी यसको जानकारी दिएका हुन् ।