धनगढी उपमहानगरको नगरसभामा विवाद, एमालेका जनप्रतिनिधिले फाले कुर्सी



धनगढी । धनगढी उपमहानगरपालिकाको आठौं नगरसभाको तेस्रो वैठकमा मेयर र उपमेयरबीच चर्काचर्की भएको छ । सोमबारको बैठकमा मेयर गोपाल हमालले मन्तव्य राखेसँगै आरम्भ भएको थियो । उनले उपमहानगरपालिकाले ल्याएको एक अर्ब ९३ करोड बजेटबाट केही दायित्वका कारण १० करोड काट्नुपरेको बताएका थिए ।

त्यो कुनकुन शिर्षकमा काटीयो भन्ने कुराहरु अहिलेको बजेटमा रहेको उनले बताए । ‘बजेट काट्नुपर्दा दुख लागेको छ, धेरै मान्छेको दवावका कारणले यो पनि काम गर्नुपर्यो त्यो पनि गर्नु पर्याे भन्ने माग आएका छन् । आफ्नो इच्छा भएपनि पाँचसय मिटर सडक समेत बनाउन सक्ने अवस्था यो बजेटमा छैन । पुराना दायित्व तिर्ने र पुराना योजनालाई सम्पन्न गर्ने यो वर्षलाई त्यसको रुपमा राखेका छौं,’ उनले भने ।

उनले धनगढी उपमहानगरपालिकाको आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ माथि छलफल गर्न कार्यदललाई अनुमति दिएका थिए । त्यसपछि उपप्रमुख कन्दकला रानाले मन्तव्य राखेकी थिइन् । उनले योजना तर्जुमा र बजेट बनाउने बेलामा मेयरले आफुसंग समन्वय नगरेको भन्दै गुनासो, दुःख व्यक्त गर्दै आपत्ति जनाइन् । ‘बजेट, योजना तर्जुमा र नितिका कुराबारे कुनै सरसल्लाह छैन । मेयरसापले नीति बनाउँदा खेरी बनाउनुभयो, मेयरसापको अधिकारको कुरा हो मैले समर्थन गरें, त्यहि नितिलाई टिकेर आएको वजेट तर्जुमाको संयोजक उपमेयर हो तर धेरै पटक सम्पर्क गर्न खोजें, कहाँ हुनुहुन्छ मेयर साप भनेर, हाकिम र मेयरसाप वसेर अन्तै कार्यक्रम बनाउनुभयो,’ उनले भनिन् । उनले संविधानले दिएको हक र अधिकार किन खोसीयो भन्दै प्रश्न गरिन् । उपमेयर रानाले प्रमुख प्रशाशकीय अधिकृत र मेयरले फोन नउठाउने गरेको बताइन् ।

त्यसपछि पुनः बोल्दै मेयर हमालले ‘हामी बसेका ठाउँमा उहाँ मेडम आफैं गएर उहाँले बनाएको बजेट हो,’ भने । हमालले त्यो बजेट कार्यपालिकामा आएर प्रस्तुत भएको बताए । योजनाहरु सम्बन्धित शाखाबाट विज्ञले बनाए अनुसार हालिएको प्रष्ट पारे । ‘योजनाशाखाका विज्ञहरुले योजना बनाएका हुन्, बजेटमा मेरो कुनै स्वार्थ छैन, बजेट काट्नु परेकाले १० दिन लाग्यो । कर्मचारीलाई सोधेर बजेट काटिएको हो,’ उनले भने । हमालले फुर्सद नभएर उपमेयरसंग थप छलफल गर्न नसकेको बताए ।

‘म आफ्नै काममा व्यस्त हुन्छु, उहाँले सम्पर्कमा आउने हो, मेरो काम उपमेयरको कोठामा रिपोर्टिङ गर्न जाने होइन, मान्छे आको आई हुन्छ गाडी चढ्दा खेरी पनि हात समात्न आउँछन्,’ उनले भने । मेयर हमालले उपमेयर रानाबाट पार्टीवाला भएको भन्दै अभिव्यक्ति आएको भन्दै विरोध जनाए । ‘हाम्रो पछाडि दल छ, गोपाल हमालको पछिको छ भन्नुहुन्छ, म के टीका लगाएर आको हो र ? मलाई २६÷२७ हजार भोट दिएर जितेको हो की होइन?’ उनले प्रश्न गरे ।

मेयर र उपमेयरको चर्काचर्की पछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले उपमयेरलाई हरहालतमा अपमानित हुन नदिने बताए । ‘हामी उपमेयरलाई हरहालतमा अपमानित हुन दिदैनौं, कतै त्यस्तो भए क्षमा चाहान्छौ’, श्रेष्ठले भने । त्यसैमा फेरि बोलेको उपमेयर रानाले हमालले धम्की दिएको आरोप लगाइन् । मेयर हमालले द्वन्द गर्न चाहे सामाना गर्न तयार रहेको बताइन् । मेयर उपमेरको चर्काेचर्की परेपछि अरु नगरसभा सदस्यहरुले विरोध जनाएका थिए ।

नगरसभा सदस्यहरुले मेयर र उपमेयरकै विवाद भइरहने हो भने अरु सदस्य किन बैठकमा बसिरहने भन्दै प्रश्न गरे । उनीहरुले आ आफ्नो ठाउँमा उठेर विरोध जनाए । त्यसपछि मेयर हमालले सभालाई मर्यादिन बनाउन आग्रह गरे । हलमा सबै सदस्यहरु उठेर बोलाबोल हुन थालेपछि एमालेका एकजना सदस्यले कुर्ची उठाएर फालेका थिए । त्यसैबीच हात हालाहालको अवस्था आउन नदिन सदस्यहरुले एक अर्कालाई आग्रह गरेका थिए । केहीबेर रोकिएको बैठक पुनः सूचारु भयो । त्यसपछि आर्थिक बर्ष २०७९/८० को बार्षिक अनुमानित आयव्यय प्रस्तुत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड

  सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, यस्तो छ चार दलबीचको आठ बुँदे सहमति

काठमाडौं । नयाँ गठबन्धनमा आवद्ध चार राजनीतिक दलले आठबुँदे सहमति गरेका छन् ।

सरकारमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई

नयाँ समीकरणको उद्देश्य स्पष्ट भएपछि मात्रै एकीकृत समाजवादीले सरकारमा जानेबारे निर्णय गर्ने

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र