सभामुख सापकोटा अजरबैजान प्रस्थान



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा सहभागी हुन मंगलबार अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ । सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार बिहान सवा ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक रहेका छन् । सापकोटासहितको टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले विदाइ गरे ।

अजरबैजानमा हुने उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

सम्मेलनले बाबु घोषणापत्र जारी गर्नेछ । सम्मेलनका क्रममा सभामुखले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सम्मेलनमा सहभागी भएर सापकोटा १९ असारमा स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमाः महासचिव गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणबाट दुई

प्रचण्डमा चरम सत्तामोह देखियोः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता

नेपालको दिगो विकासका लक्ष्य प्राप्तिमा सघाउने राष्ट्रसङ्घको प्रतिबद्धता

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी