काठमाडौँ । सहरी विकास मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । मन्त्रालयमा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनको सुरुमै उनी भावुक हुँदै रोएकी हुन् ।
उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँसु पुछेकी थिइन् । मन्त्रालयका कर्मचारीहरूले बिदा गर्ने क्रममा उनले आँसु पुछिरहिन् । उनले पत्रकारहरुसँग खुलेर बोल्न समेत सकिनन् ।
पत्रकार सम्मेलनमा कर्मचारीले मन्त्रालयको प्रगति विवरण पढेर सुनाएका थिए । उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन् । पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्न गर्न उनले आग्रह गरिन् । तर, पहिलो प्रश्नमै उनी रुन थालेकी थिइन् ।
पत्रकारले प्रश्न गर्दैगर्दा उनी झाँक्रीका बर्बरी आँश झारिरहेकी थिइन् । पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी हुन् ।

प्रतिक्रिया