गठबन्धनसहित दुई तिहाइ ल्याएर संविधान संशोधन गर्छौंः उपसभापति खड्का



भक्तपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले लिएको सङ्कल्प पूरा गर्ने ‘मिसन’को नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा उनले प्रधानमन्त्री देउवाको सबल र दृढ नेतृत्वले कांग्रेसले सफलता हाँसिल गरेको बताएका हुन् ।

“नेपाली कांग्रेसको उद्देश्य प्राप्तिका लागि, कांग्रेसको सङ्कल्प पूरा गर्न, कांग्रेसलाई ठूलो पार्टी बनाउन र गठबन्धनसहित दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने अहिलेको मिसनको नेतृत्व पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले गर्नुभएको छ”, खड्काले भने । कुनै पनि एउटा पार्टीले मात्रै अब दुई तिहाइ ल्याउन सक्ने अवस्था नरहेको उनले दावी गरे ।  “कांग्रेस एक्लैले पनि दुई तिहाइ ल्याएर संविधान संशोधन गर्न सक्ने अवस्था छैन”, उनले भने, “अबको निर्वाचनमा दुई तिहाइका लागि पनि गठबन्धन आवश्यक छ ।”

विपी कोइरालाले कम्युनिष्टसँग मिलेर कहिल्यै जान हुन्न भने पनि कम्युनिष्टसँग मिलेर गणेशमान सिहंको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलन सफल भएको स्मरण गर्दै खड्काले अहिले पनि समय र परिस्थितिको आवश्यकतालाई हेरेर कम्युनिष्टसँग गठबन्धन गर्नुपरेको बताए ।

उनले भने, “लोकतन्त्र बचाउन, संविधान संशोधन गर्न, बम, बन्दुक पड्काउने राजनीतिक रोक्दै शान्ति स्थापना कायम गर्न र समग्र देशको हितका लागि अहिले गठबन्धन भएको हो, यो गठबन्धनले मङ्सिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनमा दुई तिहाइ ल्याउँछ ।”

उपसभापति खड्काले जनताको विश्वासको कडीलाई कांग्रेसले टुट्न नदिने बताउँदै जनताको पक्षमा काम गर्दै जाने दृढता व्यक्त गरे ।   तत्कालीन जनयुद्धकालमा नेकपा (माओवादी)ले भक्तपुरको कटुञ्जेस्थित घरमै बसिरहेका जोन्छेँलाई विसं २०५९ भदौ १६ गते गोली हानी घाइते बनाएको थियो । घाइते अवस्थामा हिँड्डुलसमेत गर्न नसकी उनको २०६९ साल जेठ २४ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

कठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित