गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताए ।

संविधानअनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै सभामुख सापकोटाले राज्य संयन्त्रमा भएका परिवर्तन सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक रहेको बताए ।

गणतन्त्र दिवसका अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा शुभकामना व्यक्त गर्दै गणतन्त्र दिवसले राष्ट्रहित, गणतन्त्र, संविधानसहित उपलब्धिको रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

काठमाडौं । रञ्जु दर्शनाले आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी

पार्टी गठन गरेको सात दिनमै वामदेव पार्टीबाट निस्कासित

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आबद्ध ११ जना नेता अभियानबाट अलग

‘किसानलाई मल दिन नसक्ने कृषिमन्त्री के हेरेर बसेको ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय

एकीकृत समाजवादीले भन्यो-गठबन्धनको निर्णयपछि मात्रै मुख्यमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामाको विषय सत्ता गठबन्धनले टुंगो