छिटपुट घटनालाई लिएर निर्वाचनमा धाँधली भयो भन्न मिल्दैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका क्रममा भएका छिटपुट घटनालाई लिएर समग्र प्रक्रियामा प्रश्न उठाउनु अनुपयुक्त भएको बताएका छन् ।

शनिबार सरकारको नीति र कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले देशभर एकैपटक एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण कुरा भएको बताए ।

उनले भने,‘एकैपटक, एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण विषय हो । छिटपुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त हुँदैन ।’

उनले जनमतलाई स्वीकार गर्नुको विकल्प नभएको बताए । उनले सरकार एक चीन नीति प्रति प्रतिवद्ध रहेको बताए । उनले आफूले यसअघि चीन विरोधी गतिविधिलाई प्रतिबन्ध लगाएको स्मरण गराए । प्रधानमन्त्रीले नेपाल आगल निगम खारेज गर्ने कुनै सोच नभएको बताए ।

उनले भने, ‘प्रतिस्पर्धा नहुने, सरकारको एकताधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रष्ट पार्न चाहन्छु ।’

नीति तथा कार्यक्रमामाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित नभएको आरोप लगाएका थिए । उनले सरकार र सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तह निर्वाचनमा राज्यका संयन्त्र दुरुपयोग गरिएको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार