काठमाडौं ३१ मा एमालेका ढकाल निर्वाचित


काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ मा नेकपा एमाले विजयी भएको छ । वडा नम्बर ३१ मा एमाले उम्मेदवार सरोज ढकालले ४७६७ मत ल्याएर वडाध्यक्ष पदमा विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका रवीन्द्र विक्रम रानालाई पराजित गरेका हुन्। रानाले २९९१ मत ल्याएका छन् । काठमाडौंमा अहिलेसम्म नतिजा आएकामध्ये एमालेले १, २, ३, ४, ५ ३१, र ३२ नम्बर गरी ७ वटा वडामा जितेको छ ।