बुटवलमा गठबन्धनका पाण्डे ५ हजार मतले अगाडि



बुटवल । स्थानीय तह निर्वाचनको जारी मत गणनामा बुटवल उपमहानगरको मेयरमा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार पाण्डेले नेकपा एमालेका बावुराम भटराईलाई ५ हजार १३ मतले पछाडि पारेका छन् ।

२७ हजार ५५७ मत गणना गर्दा पाण्डेयले १५ हजार ५८९ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् भने भट्टराईले १० हजार ५६७ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका मृगेन्द्र शेरचनको हलो चिन्हमा २ हजार ६४० मत प्राप्त गरेका छन् । उपमेयरमा भने नेकपा एमालेकी सबित्रा अर्यालले अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार ३ हजार ८४ मतले पछि पारेकी छन्। अर्यालले ११ हजार ७२५ मत प्राप्त गर्दा गुरुङले ८ हजार ६४१ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन पार्टी कमिटीलाई एकीकृत समाजवादीको सर्कुलर

  काठमाडौँ ।  नेकपा  (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा

समसामयिक राजनीतिक परिस्थितिबारे चिनियाँ राजदूतको चासो

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

उपप्रमुख सञ्जालको सातौँ बैठक: संशोधन विधेयकमा साझा धारणा बनाउने

काठमाडौं । काठमाडौँ उपत्यकाको स्थानीय तह उपप्रमुख र उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय सरकार

संसदमा सत्तापक्ष र प्रतिपक्षबीच भागबण्डामात्रै भयोः सांसद सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट