स्थापित भन्दा २२ सय मतले बालेन अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम छ । गठबन्धन र एमालेका उमेदवारलाई पछि पार्दै उनले निरन्तर अग्रता कायम गरिरहेका छन् । बालेनले ४,६४६ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापितले २,४०५ मत प्राप्त गरेका छन् । काग्रेसकी सिर्जना सिंहले २,२२४ मत पाएकी छन् ।