साझा उम्मेदवारलाई विनासर्त मतदान गर्न सत्ता गठबन्धनका विद्यार्थी संगठको संयुक्त अपील


काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका साझा उम्मेदवारहरूलाई मतदान गर्न अपील गरेका छन् । विद्यार्थी संगठनहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी नमिलेका ठाउँहरूमा अधिकतम लचकताका साथ सहमति निर्माण गर्न समेत आग्रह गरेका छन् ।