जसपा नेता यादवद्वारा पार्टी परित्याग



विराटनगर । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत बताए ।

यादवले विराटनगरमा पार्टी बलियोे अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पदमा छाडेकामा विरोध गरे । उनले पार्टीले महानगर प्रमुखमा जित्ने अवस्थामा रहँदा रहँदै प्रमुख पद छाडेको विरोधस्वरूप पार्टी त्याग गरेको जानकारी दिए ।

नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै आइतबार महानगर प्रमुखको पदमा स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणासमेत गरे । यादवले विसं २०७४ महानगरको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई तेस्रो स्थान ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको कांग्रेसको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको

हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल । लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी

प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका