कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ प्रदेश (ख) ले शनिबार आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा सिंहले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरे ।

“आम जनतालाई रैतीबाट सार्वभौमसम्पन्न जनता बनाउनका लागि कांग्रेसको भूमिका महत्वपूर्ण छ, जीवन र जीविकोपार्जनको पूर्ति कांग्रेसले मात्र गर्न सक्छ”, उनले भने । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उनको भनाइ थियो ।

सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधीलाई टिकट दिएर विजय गराउन सबै कार्यकतालाई आग्रह समेत गरे ।

नेता सिंहले संसद्मा झण्डै दुई तिहाई जनमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जिम्मेवार भएर देशको विकासका लागि काम गर्न नसकेर दुई पटकसम्म संसद् विघटन गरेको आरोप लगाउँदै जिम्मेवार प्रतिनिधिलाई निर्वाचनमा चुन्नुपर्ने बेला आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका

संसदमा प्रस्तुत हुने रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा

राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको

ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको