काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सिफारिस गरेका छन् । उनको शपथ राष्ट्रपति कार्यालय दिउँसो २ बजेका लागि राखिएको बताइएको छ ।
संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका बन्दी गैरसांसद हुन् । बन्दीलाई कानून मन्त्री बनाइएपछि कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री देउवाको तयारी छ । बन्दीले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए ।
सांसद नरहेका बन्दीलाई देउवाले ६ महिनाका लागि मन्त्री बनाउन लागेका हुन्। संविधानमा गैरसांसद ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था छ।

प्रतिक्रिया