कर्णाली । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादुर विष्टसहित १५० जना नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनीहरुलाई आइतबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।
एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद विष्टलाई निष्कासन गरेको थियो । प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया